साहरुख र सलमान खानकी भाउजु मलाइका सँग सुटुक्क, कस्तो पाँक्दै छ खिचडी ?

npnews | 02:13 | 0 comments

साहरुख र सलमानका परिवार खासै नजिक नभएको बेला ,सलमान खानकी भाउजु मलाइका खान र साहरुख खान सँगै देखिनु यस्तो चर्चाको बिषय ..

बलिउडका चर्चित नायक सलमान खान र बादशाह साहरुख खानको दुश्मनीको बिषयमा विश्व नै जानकार छ । सलमान र साहरुखको निवास नजिकै भएपनि यि दुईबिच आउने जाने क्रम रोकिएको छ । दुश्मनी मोलेपछि साहरुखसँग सलमानको परिवार पनि खासै नजिक छैन ।यसैबिच हालै मात्र मुम्बइमा आयोजना भएको एक पार्टीमा सलमान खानकी भाउजु मलाइका अरोरा खान र साहरुख खान सँगै देखिएका छन् । साहरुख र मलाइका एउटै पार्टीमा पुगेपछि यसको चर्चा हुने नै भयो ।
उसो त मलाइकाका पति अरबाज खानले साहरुखसँग सिनेमा बनाउने इच्छा व्यक्त नगरेका पनि होइनन् । यस्तै सलमानका भाई सोहिल खानले पनि केही समय अघि साहरुखलाई आफ्नो क्रिकेट टीम सीसीएलमा आउन आग्रह गरेका थिए । यसैबिच मलाइका र साहरुख एउटै पार्टीमा पुग्नु र सँगै बाहिर निस्कनुलाई अर्थपूर्ण तबरले हेरिएको छ । कतै मलाइका साहरुखसँग सिनेमाको बिषयमा नै कुरा गर्न पुगेकी त थिइनन्, यस्तै चर्चा बलिउडमा चल्न थालेको छ । साहरुखसँग उनका नजिकका साथी करण जोहर पनि पार्टिमा पुगेका थिए,उनीहरुले आपसमा के -कस्तो साठ-गाठ गरेर बाहिर आए भिडीयो हेर्नुस ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments