नेपाल छिरेर आतंक मच्चकाउने क्रममा ३ भारतीय प्रहरी पक्राउ हेर्नुहोस !!!!

npnews | 09:11 | 0 comments

नेपाल प्रवेश गरेर सर्वसाधारणलाई आतंकित पार्ने र खानतलासी गर्ने भारतीय ३ प्रहरीमाथि के कारबाही होला त ?.....पुरा विवरण तल हेर्नुहोस !!!

असार १३ । विना अनुमति नेपाल प्रवेश गरेर सर्वसाधारणलाई आतंकित बनाउने तीन जना भारतीय प्रहरीलाई सुनसरीको इनरुवाका वासिन्दाले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा बिहारको खगोरिया जिल्लास्थित गंगौर प्रहरी थानाका प्रहरी नायव निरीक्षक हरेन्द्र सिंह, चौकीदार धनेश्वर यादव र गृहरक्षक कविराज राय छन् । 
इनरुवा नगरपालिका वडा नम्बर २ का मुकेश कुमार पोद्धारको घरमा खानतलासी गर्दै स्थानीयवासीलाई आतंकित पारेपछि उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् ।सुनसरीसँग जोडिएको भारतीय सिमानामा भारतीय सीमासुरक्षा गार्ड एसएसबी को आतंक सहदै आएका सुनसरीवासीले भारतीय प्रहरी विरुद्ध प्रतिकार गरेका हुन् । 
नेपाल प्रवेश गरेर सर्वसाधारणलाई आतंकित पार्ने र खानतलासी गर्ने भारतीय प्रहरीमाथि सख्त कारबाही हुनुपर्ने माग स्थानीय वासिन्दाले गरिरहेकोमा नेपाल प्रहरीले भने उनीहरुलाई विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा बुझाएको छ । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments