नेपाली नायक निखिल उप्रेतीले हिन्दी फिल्मको निर्देशन गर्ने

npnews | 01:09 | 0 comments

निखिल उप्रेतीको हिन्दि फिल्म के - कस्तो बन्दै छ तल हेर्नुस !!!

काठमाडौ, असार १० । नेपाली नायक निखिल उप्रेतीले हिन्दी फिल्मको निर्देशन गर्ने भएका छन् । निखिल स्वयम् मुख्य भुमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी फिल्मको नाम 'कमिटमेन्ट' जुराइएको छ ।

 फिल्मको कथा/पटकथा स्वयम निखिलले लेखेका हुन् भने संवाद नैम र इजाजको छ । भारतीय फिल्म निर्माण कम्पनी ईन्सीपिरेश्नल इनोभेशनको लगानी रहने 'कमिटमेन्ट'मा अधिकांश भारतिय कलाकार रहनेछन् । फिल्मीखबरसँगको कुराकानीमा एक्सन हिरो उप्रेतीले फिल्म निर्देशन बारे भने- 'फिल्म निर्देशनको अभ्यासमा विगत २ वर्ष देखी अभ्यस्त थिएँ ।

मेरो फिल्मले काठमाण्डौदेखी मुम्बईसम्मको कथा भन्नेछ ।' हिरोइन फाइनलको क्रममा रहेको कमिटमेन्टमा भारतीय कलाकार राज जुत्सी, आर्यन वैध, यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ । जुलाई २ तारिखबाट विरगञ्जदेखी प्रारम्भ गरिने फिल्मको छायाँकन काठमाण्डौ, पोखरा, दुबई, बैङ्कक र मुम्बईमा हुनेछ । केही महिना अघि लोकेशन हन्टिङका लागी मुम्बईबाट नेपाल ब्याक भएका निखिलले फिल्मलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए ।

 नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भएपनि अधिकांश प्राविधिक भने भारतीय नै रहने बताइएको छ । फिल्म कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ । फिल्मको बजेट आइसी ९ करोड छुट्याइएको छ । नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरे पश्चात निखिल बलिउड करिअरको लागी मुम्बई प्रस्थान गरेका थिए ।

मुम्बई प्रस्थानसँगै निखिलको नेपाली फिल्मी करिअरले लभगभ विश्राम लिएको छ । नेपाली दर्शकको माग हुँदाहुँदै मुम्बई प्रस्थान गरेका निखिललाई कमिटमेन्टले बलिउड फिल्म उद्योगको कुन दर्जा दिन्छ ? प्रतिक्षाको विषय हुनेछ । नेपालमा राम्रै सेल भएका निखिललाई बलिउड प्रवेशको लागी शुभकामना ! फिल्मीखबर,उनको हिन्दि फिल्म कस्तो बन्दै छ तलको बक्समा क्लिक गरि हेर्नुस ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments