दार्चुलाका बाढीपीडित भन्छन्-जाबो २ बोरा चामल के गर्नु ?

npnews | 05:11 | 0 comments

७ असार, दार्चुला । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि अधिकारीले दार्चुलाका बाढी पीडितलगायत सबैले आफूलाई दोष दिइरहेको भन्दै आफू पागल हुन लागेको लागेको बताउनुभएको छ । बाडी पीडितहरुले चाहिँ अझै गुनासो गर्न छाडेका छैनन् ।

सरकारले राहत सामाग्री वितरण गर्नमा गरेको ढिलाइको दोष पनि आफूमाथि नै थोपरिएको बताउँदै प्रजिअ अधिकारीले भन्नुभयो, ‘महाकालीमा मैले बाढी ल्याएको हैन । यहाँका पीडित तथा आम नागरिकले प्रशासनको लापरवाहीका कारण नदीमा बाढी आएको आरोप एकातिर लगाइरहेका छन्, अर्कातर्फ उद्दार तथा राहत सामाग्री वितरणमा भइरहेको ढिलासुस्तीको दोष पनि मैमाथि थोपरिएको छ ।’
‘मैले त सेना, प्रहरी तथा यहाँका सबै सरोकारवालालाई तत्काल राहत वितरण गर्न निर्देशन मात्रै दिने हो, उनीहरुले प्रभावकारी ढङ्गगले काम गरिरहेका छैनन् भने म एकजनाले मात्रै के नै गर्न सक्छु ?’ उनीहरुको कार्यशैली र पीडितहरुको गाली खाँदा खादै म त अब पागल नै भइसकें ।’- प्रकोपसँगै रातदिन सक्रियतापूर्वक खटिरहनुभएका प्रजिअ अधिकारीले भन्नुभयो ।
राहत वितरण र क्षतिको वास्तविक विवरण संकलनमा प्रभावकारी ढङ्गगले काम हुन नसकेको स्वीकार गर्दै उहाँले दुईवटा टोली बनाएर लगत संकलनका लागि परिचालन गरिएको र अबको केही दिनमै वास्तविक विवरण आउने जानकारी दिनुभयो ।
राहत अस्वीकार गर्दै तत्काल पुर्नस्थापनाको माग
बाढीबाट बढी प्रभावित क्षेत्र गल्फैका पीडितहरुले राहत भन्दा पनि तत्काल पुर्नस्थापनाको माग गर्दै राहत लिन मानेका छैनन् । बाढीले सर्वस्व नै गुमाइसक्यौ, सरकारले दिने जाबो त्यो दुईबोरा चामल र ३५ हजारले के नै हुन्छ र ? हाम्रो त करोडौंको क्षति भएको छ, खान पाको छैन्, न त सुत्ने ठाउँ नै छ, रातभरी सडकमा त्रिपाल टागेर रात विताउनु पर्ने अवस्था छ ।, गल्फैमा रहेका आफ्ना चार घर गुमाएका वीरसिह ठगुन्नाले, ‘भन्नुभयो ।’

त्यस्तै अर्का पीडित खलंगा-५ का ललितसिंह बोहराको पनि माग उस्तै छ, राहत भन्दा पनि बास बस्ने ठाउँ चाहियो । छिमेकीको घरमा आश्रय लिन पुगेका गल्फैका जयसिंह भण्डारीले राज्यले दिने भनिएको राहत आफुहरुले नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कम्बल, चामल अनि केही पैसा पनि पाइन्छ भन्ने सुनेको थिएँ तर, गल्फैमा अहिलेसम्म कोही पनि राहत लिएर आएको छैन ।
गल्फै क्षेत्रका पीडितहरुले राहत नलिए पनि बाङाबगड क्षेत्रका पीडितहरुले भने राहत लिएका छन् । सरकारबाट तथा स्थानीय संघ/संस्थाहरुबाट उपलब्ध गराइएको राहत सामाग्री सो क्षेत्रका पीडितहरुलाई वितरण गरिएको छ ।
गैरपीडितले राहत पाए तर, वास्तविकले पाएनन्
सरकारबाट उपलब्ध गराइएको राहत सामाग्री वास्तविक पीडितहरुले नपाई गैरपीडितहरुको हात परेको छ । बुधबार शुक्रबार नेपाल रेडक्रस केन्द्रीय विभाग र केयर नेपालबाट उपलब्ध गराइएको राहत सामाग्री वास्तविक पीडितहरुले नपाएको गुनासो गर्नु भएको छ ।
खलंगा-५ रिङनतालका सुकुम्बासी परिवारका भक्तराज निरौलाले राहत सामाग्री वास्तविक पीडित परिवारले नपाएको गुनासो गर्दै गैरपीडितले पाएको बताउनुभयो । त्यस्तै अर्का पीडित हरी लुहारले पहुँचका आधारमा राहत सामाग्री वितरण गरिएको गुनासो गर्नु भयो । उहाँले बोल्न सक्नेले मात्रै राहत पाएको गुनासो गर्दै विहीबार राहत केही पनि नपाएको बताउनुभयो । बसन्त भ्याली पब्लिक स्कुलमा बस्दै आएका अर्का सुकुम्बासी दर्पान भूलले राहत माग्न जाँदा पाइँदैन भनेर उल्टै थर्काएर पठाएको आरोप लगाउनुभयो ।
सुरुका दिनमा चाउचाउ र केही मात्रामा चामल पाइए पनि बिहीबार भोकभोकै बस्नु परेको सुकुम्बारी परिवारका अर्का पीडित देवराज लोहारको भनाइ छ । रिङनतालमा टहरा बनाएर बस्दै आएका सुकुम्बारी परिवारका पीडितहरुलाई खान र बस्न निकै समस्या भएको छ । दलित भएकै कारण गाउँमा आश्रय लिउँ भने पनि ठाउँ पाईदैन, न त कोठा नै भाडामा दिइरहेका छन्, अर्का पीडित नरेशराम लोहारले दुखेसो पोख्नुभयो ।
स्थानीयवासी आफै बाटो मर्मत गर्दै
खलंगा गाविसको पुलघाट-बाङाबगड जोड्ने सडक बाढीले लगेपछि सो क्षेत्रको आवत-जावतमा समस्या भएको छ । पुलघाटदेखि बाङाबगड जादाँ मल्ली मौतीबाट जोखिम मोलेर आवत-जावत गर्नुपर्ने अवस्था भएको छ । सो क्षेत्रमा अहिले सर्वसाधारण आफै बाटो मर्मतमा लागिरहेका छन् । सर्वसाधारणले बाटो मर्मत गर्न सुरु गरेपछि नेपाल प्रहरीले पनि उनीहरुलाई सघाइरहेको छ । त्यस्तै जिल्ला जोड्ने महाकाली लोकमार्गको किम्तडी सडकखण्डमा पनि आजैदेखि मर्मत कार्य सुरु गरिने जिल्ला प्रश्ासन कार्यालयले जनाएको छ । सो ठाउँको अवरुद्द सडक खुलाउन नेपाली सेना र प्रहरी परिचालन गरिन लागेको हो ।
सडकमै अस्पताल सञ्चालन
बाढीले जिल्ला अस्पतालको औषधी वितरण कक्ष, इमरजेन्सी कक्ष, सुत्केरी कक्ष र आवासगृह बगाएपछि अहिले सडकबाटै स्वास्थ्य सेवा प्रवाह गरिएको छ । गल्फै स्थित सडक पेटीमा टैन्ट रोकी त्यहीबाट सेवा प्रवाह गरिएको छ ।
बाढीले जिल्ला अस्पतालको मात्रै अरबौंको क्षति पुर्‍याएको छ । औषधी, उपकरण गरी सो क्षति भएको जिल्ला अस्पतालले जनाएको छ । अहिले सडकबाटै प्राथमिक उपचार, सुत्केरी लगायतका अन्य सेवाहरु प्रवाह गरिएको जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बरदत्त भट्टले बताउनुभयो । अस्पतालको कर्मचारी आवास गृह समेत बाढीले लगेपछि स्वास्थ्यकर्मीहरुलाई खान र बस्न समस्या भएको छ । साथै सो क्षेत्रमा खानेपानीको पनि समस्या भएको छ ।
बाढीले १२८ घर बगायो, पाँच सय परिवार विस्थापित
जिल्ला प्रशासन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार बाढीले दार्चुलामा १३ वटा सरकारी कार्यालयसहित १ सय २८ घर बगाएको घ भने झण्डै पाँच सय परिवार विस्थापित भएका छन् ।
जिल्लाको खलंगा, श्रीबगड र धाप गाविसमा गरी १ सय २८ घर टहरा बाढीले बगाएको पछिल्लो विवरण प्राप्त भएको प्रजिअ अधिकारीले बताउनुभयो । त्यसैगरी सोही क्षेत्रका पाँच सय भन्दा बढी परिवार विस्थापित भएको प्रशासनले जनाएको छ । बाढीले जिल्लामा पुर्‍याएको क्षतिको लगत संकल कार्य जारी भइरहेको बताउँदै प्र.जि.अ अधिकारीले अबको केहि दिनभित्र वास्तविक क्षतिको विवरण संकलन भई सक्ने जानकारी दिनुभयो ।
शिक्षाका लागि खाद्य कार्यक्रमकै करोडौंको क्षति
गल्फैमा रहेको शिक्षाका लागि खाद्य कार्यक्रमको घर बाढीले बगाउँदा करोडौंको क्षति भएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम कार्यालयका सुब्बा लीलामणि सुवेदीले दिएको जानकारीअनुसार खाद्यान्न र अन्य सामाग्री गरी करोडौंको क्षति भएको छ 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments