सलमान नयाँ प्रेमीकाका साथ समातिए
नयाँ प्रेमीकाका साथ सलमान फेरी यसरी समातिए!
बलिउड नायक प्रेमीकाका कारण निकै चर्चामा आउने बलिउड सेलिब्रेटी हुन् । विभिन्न समयमा प्रेमीकाका रूपमा धेरै केटीहरू उनको जीवनमा आएपनि उनले अहिलेसम्म आफ्नो लागि कुनै योग्य भेटेका छैनन् ।
यसैबीच सलमान खान नयाँ प्रेमीकाको साथमा समातिएका छन् । रोमानियाकी नायीका लुलिया भान्तुरसँग केही समयअघि पनि उनको चर्चा चलेको थियो र बीचमा केही समय उनीसँगको सम्बन्ध टुटेको बताइएपनि सलमान उनीसँग डेटिङमा रहेको फेला पारिएको हो ।
लुलिया अहिले सलमानकै घरमा सलमानकै आफन्तसँग बस्ने गरेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रत्यक्षदर्शीलाई उदृत गर्दै सञ्चारमाध्यमहरूले यी दुईलाई डेटिङ गर्दै गरेको र मिडियाबाट छल्दै गरेको अवस्थामा देखिएको बताएका छन् ।
यी दुईलाई हैदराबादमा सँगै एयरपोर्टबाट निस्किएको भेटिएको बताइएको छ । यस्तै, मिडियालाई छल्नका लागि सलमानले लुलियालाई आफूले बुक गरेको राम्रो होटेलमा आफ्नै गाडिमा पठाएर आफू अर्कै तर्फ लागेका थिए ।
सलमानलाई त्यहाँबाट छुटकारा दिनका लागि तेलगु देशाम पार्टीका उपाध्यक्ष मोहम्मद सलिमले आफ्नो कार अफर गरेका थिए तर सलमानले उक्त अफरलाई अस्विकार गरिदिए ।source nepali headline
Category: Gossip
0 comments