दैलेखको नेपा गाविस सियाला भन्ने स्थानमा आज बिहान बस दुर्घटना
दैलेख- राकमकर्णालीदेखि सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदै ६ जनाको मृत्यु भएको छ। कम्तिमा पनि तीन दर्जन घाइते भएको स्थानीय अर्जुन माजीले बताए। उनले मृतक अझै बढ्नसक्ने बताए।
कृर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपा-८ चियालमा ना३ख ४७३८ नम्बरको मध्यपश्चिम यातायातको बस दुर्घटना भएको हो। बस तीन सय मिटर तल खसेको छ। घाइतेहरुको उद्धार स्थानीयले जारी राखेका छन्।
उद्धारका लागि पाल्ताडा प्रहरी पोष्ट र डल्लु इलाका प्रहरी कार्यालयका प्रहरीहरु घटनास्थलतर्फ गएका छन्।
Category: News
0 comments