इराकमा आतंककारीबाट मारिएका १२ नेपाली युवाको दर्दनाक कथामा फिल्म

npnews | 13:32 | 0 comments

 इराकमा आतंककारीबाट मारिएका १२ नेपाली युवाको दर्दनाक कथामा फिल्म ‘१२ नेपाली एक चिहान’ बन्ने भएको छ । जय हनुमान क्रियसन प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो ।

यस फिल्मको निर्देशन अनुसन्धानकर्ता अरुण प्रधान आफैले गरेका हुन् । उनले यो चलचित्रको निर्माण गर्नु अघि मृतक परिवारसँग भेटेर स्थलगत अनुसनधान गरेका थिए ।

रोजगारीको सिलसिलामा जोर्डन पुगेका १२ नेपाली लाई बन्धक बनाई पाशविक तरिकाले हत्या गरेको विषयमा बन्ने चलचित्र ‘१२ नेपाली एक चिहान’ को अहिले धमाधम सुटिङ भइरहेको छ ।
चलचित्रको छायांकन नेपाल र जोर्डनमा पनि हुने छ भने नेपालमा केही दृश्यहरुको छायांकन समेत भइसकेको छ ।
 
 हत्या भएका १२ नेपालीको भूमिकामा राजन खतिवडा, रवीन्द झा, जतिन ताम्राकार, उत्तमजंग लिम्बु, विक्रम सिंह, रामभजन कामत , सुशील थापा मगर, घनश्याम मिश्र, निराजन मेहता, सोनु जयन्ती, प्रजा प्रधान र मिलन श्रेष्ठ रहेका छन् ।source dc nepal

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments