पाकिस्तानी सेनाले भारतीय सेनामाथी आक्रमण

npnews | 08:26 | 0 comments

२४ जेठ, एजेन्सी । विगत लामो समयदेखी सिमा विवाद रहेको जम्बु काश्मिरमा पाकिस्तानी सेनाले भारतीय सेनामाथी आक्रमण गर्दा एक भारतीय सेनाको ज्यान गएको छ ।


पन्च क्षेत्रमा गरिएको उक्त आक्रमणका क्रममा तल्लो पोष्टका एक सैनिक जवानको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । भारतका एक उच्च सैन्य अधिकारीले पाकिस्तानी सेनाले अकस्मात गोली चलाएको र आफ्नो एक जवानको मृत्यु भएको बताएका छन् ।
बताइएअनुसार दुवै बीच अहिले पनि गोली चलिरहेको छ ।यस घटनाबारे अन्य थप विवरण भने आइसकेको छैन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments