यो बर्ष ‘मिस वल्र्ड’मा विकिनी लगाउन नपाइने
नेपालमा विकिनी लगाउन नपाएका सुन्दरीहरुले ‘मिस वल्र्ड’मा पुगेर आफ्नो रहर पुरा गरेका छन् ।तर अब धेरैका लागि यो खबरले चिन्तित तुल्याउन सक्छ । यो बर्षको मिस वल्र्ड इन्डोनेशियामा आयोजना हुँदैछ । मुस्लिमहरुको बाहुल्यता भएको देश भएकाले पनि इन्डोनेशियामा पहिरनमा निक्कै कडाई गरिएको छ । ‘मिस वल्र्ड’का प्रतिस्पर्धीले लगाउने विकिनीले इन्डोनेशियामा तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई ख्यालमा राख्दै आयोजकले यो बर्ष विकिनी लगाउन नपाइने घोषणा गरेको छ ।
मिस वल्र्डकी अध्यक्ष जुलिया मोरलीले संचारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्, ‘हामी त्यस्तो कुनै पनि नराम्रो परिस्तिथी पैदा गर्न चाहदैनौ जसका कारण कुनै पनि देशको संवेदनशिलतामा खलबल आओस् ।’ यो बर्षको मिस वल्र्डमा १३७ देशका सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन् । मिस वल्र्डमा विकिनी राउण्डलाई केही देशका सुन्दरीहरु महत्वका साथ लिने गर्दछन् । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।
Category: Gossip
0 comments