दार्चुलामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु

npnews | 03:30 | 0 comments

१६ असार, दार्चुला । दार्चुलाको छापरी गाविस श्रीबगडमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । श्रीबगडको पाखामा घासँ काट्ने क्रममा पहिरोले पुरिएर छापरी-८ श्रीबगडका ४५ वर्षीया धाना बम र ४७ वर्षीया मानमति बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा छापरी-८ कै २५ वषिर्या सरस्वति बम र २९ वर्षीया माधवी देवी बम रहेका छन् । घाइतेहरुलाई स्थानीय र जिल्ला प्रहरी कार्यालय तथा शत्रुभञ्जन गुल्मबाट गएको सुरक्षाकर्मीको टोलीले उद्दार गरेको प्रहरी नायक उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
घाइतेहरुलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको डिएसपी कडायतले बताउनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments