नेपालीद्धारा भारतीय पुलिस चार घण्टा कब्जामा

npnews | 01:11 | 0 comments

 १४ असार, इटहरी । अन्तर्राष्ट्रिय नियमविपरीत नेपाल छिरेका तीन भारतीय प्रहरीलाई इनरुवामा बिहीबार गाउँलेले पक्राउ गरी नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएका छन् । उनीहरुलाई चारघन्टा नियन्त्रणमा लिएर अनुसन्धानपछि प्रहरीले विराटनगरस्थित भारतीय दूतावासको क्याम्प कार्यालयमा बुझाएको छ ।
एउटा देशको सुरक्षाकर्मी ‘बर्दी’ मा अर्को देश प्रवेश गर्दा अनुमति लिनुपर्ने हुन्छ । तर भारतको खगोरिया गंगौरको बिहार पुलिसका सवइन्सपेक्टर हरेन्द्र सिंह, चौकीदार धनेश्वर यादव र गृहरक्षक कविराज राय बिना अनुमति इनरुवा आएका थिए ।
गाउँलेले एक्कासि भारतीय सुरक्षाकर्मी देखेर सोधीखोजी गर्दा बिनाअनुमति आएका थाहा हुनासाथ पक्रेर नेपाली प्रहरीको जिम्मा लगाएको नागरिक दैनिकमा खबर छ । नेपालको शान्तिसुरक्षामा खलल पुर्‍यान खोजेको र दुई देशबीचको सम्बन्धलाई असर पुर्‍याउने काम गरेको ठहर गर्दै उनीहरुलाई पक्रेर नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments