आफ्नै गाउँमा यसरि कुटिए एकीकृत नेकपा माओवादीका पूर्व सभासद
एकीकृत नेकपा माओवादीका पूर्व सभासद शिवचन्द्र कुशवाहले विद्यालयलाई अपहेलना गरि खारेज गर्नुपर्छ भनि जिल्ला शिक्षा अधिकारीबाट पत्र लेखाएको भन्दै स्थानीयले यसरी कुटे
१० असार, बारा । एकीकृत नेकपा माओवादीका पूर्व सभासद शिवचन्द्र कुशवाह बरियारपुरस्थित आफ्नै गाउँमा कुटिएका छन् । बरियापुर ५ मा रहेको भुटनदेवी प्राथमिक विद्यालयबारे उत्पन्न विवादमा शनिबार साँझ स्थानीयले उनीमाथि आक्रमण गरेका हुन् ।
‘आक्रमणबाट मलाई जोगाउन प्रहरी सफल भए पनि मेरा सहयोगी भिखम महतो गम्भिर घाइते छन्,’ पूर्व सभासद कुसवाहले भने । उनको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको सोमबार प्रकाशित नागरिक दैनिकमा खबर छ ।
भुटनदेवी प्रावि झोले विद्यालय रहेकाले त्यसलाई खारेज गर्नुपर्छ भन्दै कुशवाहले जिल्ला शिक्षा अधिकारीबाट पत्र लेखाएको भन्दै स्थानीयले शनिबार साँझ उनको घर घरेका थिए । स्थानीयले घर घेरेपछि प्रहरी सुरक्षामा रहेका कुशवाहलाई बरियारपुर बजार लैजान खोज्दा झडप भएको थियो स्थानीय जाइलागेपछि प्रहरीलाई छुटाउन हम्मेहम्मे परेको थियो ।
स्थानीय लक्ष्मी साहले भने ‘गरीबका छोराछोरी पढ्ने विद्यालयलाई खारेज गराउन लागेकाले विरोधमा उत्रिएका हौं ।’
Category: News
0 comments