नेपालमा कुशल राजनीतिक नेतृत्वको अभाव::राजेश हमाल
१८ जेठ, दाङ । महानायक राजेश हमालले नेपालमा कुशल राजनीतिक नेतृत्वको अभाव भएको वताउनु भएको छ । हमालले राम्रो नेतृत्वको अभावमा राजनीतिक स्थायित्व नहुँदा सवै क्षेत्र धरासायी भएको वताउनुभयो । रिपोर्टस क्लब दाङले गरेको शनिवार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा नायक राजनीति देशको मेरुदण्ड भएको भन्दै हमालले देशको समग्र विकास र स्थायित्वका लागि मेरुदण्ड दह्रो हुनुपर्ने बताउनुभयो ।
एकपटक संविधानसभा निर्वाचनबाट जनताले पठाएका प्रतिनिधिले कुनै काम गर्न नसकेको भन्दै हमालले अब चाँडै निर्वाचनको मिति घोषणा गरी पहिले गरेका गल्तिबाट सिक्दै नेपाली माटोलाई सुहाउने, नेपाली जनताको हकअधिकार रक्षा गर्ने संविधान निर्माण गर्न पनि राजनीतिक दलका नेताहरुलाई सुझाव दिनुभयो ।
महानायक हमालले नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयमा धेरै बिकास भएपनि त्यसका पछाडि थुप्रै चुनौतिहरु रहेको बताउनु भयो । उहाँले पहिलेको तुलनामा नेपाली मौलिकता र मन छुने चलचित्र नवनेका कारण केहि निरासा छाए पनि राम्रो चलचित्र बने नेपाली दर्शकले माया गर्ने बताउनु भयो । उहाँले नेपाली चलचित्रमा अहिले प्रयोगको नाममा ठोस पहिचान बोकेको चलचित्र निमार्ण नहुँदा समस्या पैदा भएको बताउनु भयो, पुरा हेर्न तल हेर्नुहोस ।
Category: News
0 comments