Khabar Bhitra Ko Khabar: May 10, 2013

Tika | 14:59 | 0 comments

परीक्षा केन्द्रहरुमा अमर्यादित गतिविधिले प्रश्रय पाउन थालेपछि उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित परीक्षाका कारण जिल्ला बदनाम हुँदै गएको छ । अहिले सञ्चालनमा आएको कक्षा १२ परीक्षामा नक्कल गर्ने, नक्कली परीक्षार्थीले परीक्षा दिने तथा परीक्षा केन्द्रभित्र अमर्यादित व्यवहार गरिरहेको अवस्थामा परीक्षार्थीहरू निष्कासित भएका छन् ।  अमर्यादित वा कानुनविपरीत कार्य गरेपछि विश्वमा जहाँपनि जोकोही पनि शर्म महसुस गर्छ, त्यस कुरालाई भरसक लुकाउने कोशिश गर्छ, आफ्नो कृत्य अरुले थाहा नपाओस् भन्ने चेष्टा गर्छ तर यताका दिनहरुमा नेपालमा मानिसमा विपरीत मनोविज्ञान पलाएको छ।

चोरी गर्न नपाएकोमा विरोध जनाउने विद्यार्थी त आलोचनाका पात्र भए नै अभिभावकहरूले पनि सो कार्यमा सहभागिता जनाउनुले हाम्रो सामाजिक संरचना कहीं भताभुङग हुने अवस्थामा त पुगेको होइन भन्ने शङका उत्पन्न हुन गएको छ। परीक्षाको वातावरण अमर्यादित बनाउने बिक्रेता बनेका छन् शिक्षा माफियाहरू भने क्रेता बनेका छन् विद्यार्थी र अभिभावकहरू। यसर्थ खराब वस्तु नियन्त्रण गर्न वस्तुको उत्पादक–बिक्रेतालाई नियन्त्रण गर्नु जरुरी छ। समाज विकासको महत्त्वपूर्ण पक्ष शिक्षा क्षेत्रमा देखिएको विकृतिले एउटा अभिभावकको परिश्रम, लगानी एवं सपनामात्र चकनाचुर हुँदैन, सिङगो समाज अनि राष्ट्रको विकास र अग्रगति नै चकनाचुर हुन सक्छ। चिट चोराउन पाएन भनेर बन्द र हडताल गर्ने अभिभावकहरूले यस तथ्यलाई समयमैं बुझ्न जरुरी छ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments