८ तले भवन भत्किंदा पुरिएकी महिलाको १७ दिनपछि जीवितै उद्दार

Tika | 09:43 | 0 comments

ढाका, काठमाडौं, वैशाख २७ । बंगलादेशको राजधानी ढाकामा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार गरिएको छ । भवनको दोश्रो तलाको भग्नावशेष पन्छाउने क्रममा महिलाले चिच्याएको आवाज आएपछि उद्दारकर्मी ती महिलालाई जिउँदै उद्दार गर्न सफल भएका हुन् ।


शरीरमा चोटपटक समेत नलागेकी ती महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ती महिलाले उद्दारकर्मीहरुको आवतजावतको आवाज सुनेर बारम्बार बोलाउने गरेको तर आपूmलाई थिचेको भग्नावशेष छिचोलेर बाहिर निस्कन सक्ने अवस्था नरहेको बताएकी बीबीसीले जनाएको छ ।

ढाकामा अनधिकृत रुपमा बनाईको आठ तले भवन भत्किंदा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।


Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments