सञ्जय दत्तले लेख्न बिर्सदा जेलमा पर्यो फसाद !!!हेरौ
बलिउडका स्टार नायक अहिले पुणेको यरवदा जेलमा जेल जीवन बिताइरहेका छन् । जेल बाहिर रहँदा निकै तनावमा जीएका सञ्जयको तनाव जेल पुगेपछि पनि कम हुन सकेको छैन् । उनलाई अहिले नयाँ तनावले सताएको छ । तनाव हो लेख्ने काम ।
जेलमा भान्साको काम गर्ने सञ्जय दत्तले लेख्न छाडेको करिब ३० वर्ष भयो । ३० वर्षसम्म हस्ताक्षर भन्दा अन्य केहि नगरेका उनलाई अब लेख्न खोज्दा निकै गाह्रो भएको छ । उनले लेख्न समेत बिर्सिएका छन् । उनलाई जेलमा जब भान्सामा सकिएका सामानहरुको सूची लेखेर दिन कलम र कपी दिइयो तब उनले आफूले लेख्न बिर्सिएको बताए । उनले उक्त कार्य गरिदिन जेलका अन्य कैदीलाई आग्रह गरेका थिए ।
सञ्जय दत्तको यस्तो अवस्था थाहा पाएपछी सञ्जय दत्तको लेख्ने काम गरिदिन जेल प्रशासनले एक कैदीलाई लगाएको छ । सञ्जय दत्तको आवश्यकता अनुसार ती कैदीलाई लेख्न लगाउने गरेको छ ।
सञ्जय दत्तका अनुसार आफूले करिब ३० वर्षदेखी केहि नलेखेको बताउँछन् । आफूले हस्ताक्षर मात्र गर्ने गरेको र केहि लेख्नु पर्यो भने आफ्नो साथमा लेखिदिने मानिस भएका कारण ३० वर्षदेखी आफूले लेख्नु नपरेको बताएका छन् । घरमा हुँदा लेख्नका लागि लेख्ने मानिस राखेका उनले जेल समेत उनका लागि लेखिदिने मानिस भेट्टाएका छन्, भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला।
0 comments