दुबईमा महँगा फेरारी र ल्याम्बोर्जिनी कार प्रहरी गस्तीमा
दुबई (एपी) – फर्मुला–१ लगायत मोटर रेसिङमा तीव्र गतिमा हुँइकिने फेरारी र ल्याम्बोर्जिनीजस्ता मँहगा कार अब दुबई सहरमा प्रहरी गस्ती गर्दै गरेको देखिने भएका छन्।
संयुक्त अरब इमिरेट्सको दुबई प्रहरीले दुई लाख ५० हजार अमेरिकी डलर पर्ने फेरारी कारलाई त्यहाँको प्रहरी कारजस्तै हरियो र सेतो रंगाइरहेको दुबईको एउटा अनलाइनले जनाएको छ। अघिल्लो साता दुबई प्रहरी प्रमुख लेफ्िटनेन्ट जनरल दाहि खल्फान तमिमले फेरारी प्रहरीको गस्तीमा सामेल हुनका लागि तयार भइरहेको जनाएका थिए। अनलाइनले आफ्नो समाचारमा प्रहरीले गस्तीमा सामेल गर्न लागेको फेरारीको तस्बिरसमेत सार्वजनिक गरेको छ।
दुबई प्रहरीले त्यहाँको अत्यन्त भड्किलो पर्यटकीय क्षेत्रमा ती महँगा रेसिङ कारको उपयोग गर्ने योजना रहेको जनाएको छ। दुबई प्रहरीले यसअघि नै एउटा ल्याम्बोर्जिनी रेसिङ कार आफ्नो गस्तीमा सामेल गरिसकेको छ। करिब पाँच लाख ५० हजार डलर मूल्यको ल्याम्बोर्जिनी एभेन्टाडोर रेसिङ कार दुबई प्रहरीले १५ दिनअघि गस्तीमा सामेल गरेको हो।
यसपछि दुबई प्रहरीले केही अमेरिकी शक्तिशाली क्लासिक कार आफ्नो गस्तीमा समावेश गर्ने योजना बनाएको छ। कमारो मोडलको अमेरिकी कार नियमित गस्तीमा समावेश गर्न दुबई प्रहरीले तयारी गरिरहेको छ।
Category: News
0 comments