Home �
News
� नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत, भिडीयो !!!
Tika |
02:59 |
0
comments
काठमाडौँ- बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेर आज बिहान फर्किएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। शुभेच्छुक र समर्थकहरुले नाराबाजी गर्दै विजयउत्सव मनाउँदै टोलीलाई स्वागत गरेका थिए। परम्परागत नौमति बाजा, धिमेबाजासहित विजयी टोलीका सदस्यहरुलाई अहिले नगर परिक्रमा गराइँदैछ।एयरपोर्ट गौशाला, रातो पुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, पद्मकन्या मोड, भृकुटीमण्डप, सहिदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्याइने छ |मिनी टाटालाई फुलमालाले रंगाई खेलाडीलाई नगर परिक्रमा गराइएको हो।खेलकुद परिषद् हातामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको राखेपको ९७औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो।
चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने कार्यक्रम छ। त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई पेरिसडाँडामा सम्मान गर्ने भएको छ। सूत्रका अनुसार माओवादीले नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ। त्यस्तै नेपाल क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ। पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments