कुवेतको कारागारमा रहेकी एक नेपाली महिलाद्वारा आत्महत्या
काठमाडौं,बैशाख २३ । कुवेतको केन्द्रीय कारागारमा रहेकी एक नेपाली महिलाले आत्महत्या गरेको समाचारमा जनाइएको छ । केन्द्रीय कारागारमा रहेकी ३५ बर्षीया नेपाली महिलाले आत्महत्या गरेको कुवेतको अरबटाइम्स अनलाइनले जनाएको छ । उनी सुलैबियाको जेलमा थिइन् । उनी के कारणले र कहिलेदेखि जेलमा थिइन् भन्ने खुलाइएको छैन् । उनको आत्महत्याबारे अनुसन्धान भइरहेको समाचारमा बताइएको छ ।nayakhabar
Category: News
0 comments