हेर्नुस ,मान्छेले नै कुकुरलाई टोक्यो
इओवाको ग्रिम्स क्षेत्रमा बस्ने क्यारेन हेनरीलाई घरमै बसिरहेको बेलामा एउटा बडेमाको कुकुर दौडँदै उनिमाथि झम्टिन आएछ । उनलाई झम्टिएर लडाएपछि त्यो कुकुर क्यारेनको घरमा पालेको कुकुरलाई आक्रमण गर्न गएछ । भाग्यले त्यहीँ बेला क्यारेनका लोग्ने लेइन टुप्लुक्क आइपुगेछन् । बडेमाको अपरिचित कुकुरले आफ्नी श्रीमतीलाई आक्रमण गरी लडाएर रगतपच्छे बनाएको र घरको कुकुरमाथि पनि जाइ लागेको देखेर उनी रिसले आगो भएछन् र त्यो आक्रमणकारी कुकुरमाथि झम्टिएछन् ।
उनले त्यो कुकरलाई पिटपाट गर्नुको साथसाथै रिसको झोँकमा उसको नाकमा नराम्ररी टोकिदिए । कुकुरले आफ्नी श्रीमतीको नाकमा नराम्ररी झम्टिएर ठूलै घाउ बनाइदिएको झोँकमा उनले कुकुरमाथि अनौठो धावा बोले र लखेटे पनि । अन्त्यमा श्रीमती र घरको कुकुरलाई गाडिमा हालेर अस्पताल कुँदाइहाले ।
Category: News
0 comments