नेपाली चलचित्र “रङ” प्रर्दशनको लागि नेपाली चलचित्रकर्मिको एक टोलि जापान

Tika | 15:48 | 0 comments

नागोया । नेपाली चलचित्र “रङ” प्रर्दशनको लागि नेपाली चलचित्रकर्मिको एक टोलि जापान आइपुगेको छ । एमआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्र “रङ” प्रर्दशंन गर्ने उदेश्यले चलचित्रका निर्माता बिनयबिक्रम शाह, निर्देशक रोशनबिक्रम ठकुरीसहित चलचित्रका नायक सुमन सिंह र चलचित्रमा सहायक भूमिकामा देखापरेकी नेपाली चलचित्र उधोगकी सदाबहार नायिका करिश्मा मानन्धर जापान आइपुगेका छन् ।
कलाकारको टोलीलाई शनिवार बिहान ८ नागोयाको च्युबू अन्तराष्ट्रिय बिमान स्थलमा आयोजकका तर्फबाट सोनाम शेर्पाले स्वागत गर्नु भएको थियो । लामो समय नायक राजेश हमालको निजी सहयोगीका रुपमा काम गरेका रोशनले निर्देशन गरेको यो पहिलो फिल्म हो ।

नागोयास्थित खासुगाई सीको खासुगाई सिटि हलमा ५ तारिक आइतवार दिउँसो १ बजे प्रदर्शन गर्न लागिएको छ । । दिउँसो १२ बजेबाट १ बजेसम्म नेपाली चलचित्रका बारेमा चलचित्रकर्मीहरुसंगको अन्तरक्रियापछि १ बजेबाट चलचित्र “रङ” को प्रदर्शन सुरु गरिने जनाइएको छ ।
भिडीयो हेर्नुस !!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments