अमेरिकामा एक ब्याक्तिले स्कुलमै गोली चलाएपछी ३० भन्दा बढी बालबालिकाको मृत्यु(भिडियो सहित)
![]() |
Image-Courtesy:www.cbc.ca |
संदिग्ध आक्रमणकारीको पनि घटनास्थलमा नै मृत्यु भएको छ । सीएनएनका अनुसार आक्रमणकारी सिधै आफ्नी आमा अध्यापन गर्ने कोठामा प्रवेश गरेर अन्धाधुन्द आक्रमण शुरु गरेको थियो । आक्रमणमा परी संदिग्ध आक्रमणकारी व्यक्तिको आमा जो विद्यालयकी शिक्षिका हुन् उनको पनि मृत्यु भएको छ । घटनामा अरु पनि कोही आक्रमणकारी संलग्न रहेको बारे,नरहेको बारे प्रहरीले अनुसन्धान भैरहेको बताएको छ । गम्भीर घाईते कतिपयलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । प्रहरीले घटनाको बारे विस्तृतमा अझै प्रष्ट हुन नसकेको बताएको छ । -->
अमेरिकाको इतिहासमै विद्यालयमा भएको यो सबैभन्दा ठूलो आक्रमणको घटना हो । स्याण्डी हुक इलेमेन्ट्री स्कुलमा भएको यो घटनामा मारिने विद्यार्थी मध्ये अधिकांश पाँचदेखि दश वर्षका बालबालिका रहेका छन् । आक्रमणकारी चौबिस वर्षका रायन लान्जा नामक व्यक्ति भएको अमेरिकी मिडियाहरुले जनाएका छन् । उनी न्यूजर्सीका वासिन्दा हुन् । तर प्रहरीले भने आक्रमणकारीको बारे आधिकारिक रुपमा केही बताएको छैन । अमेरिकी इतिहासमा नै विद्यालयभित्रको यो सबैभन्दा ठूलो गोलीकाण्डको घटना हो । यस अघि सन् २००७ मा भर्जिनिया टेक विश्वविद्यालयमा भएको यस्तै गोली प्रहारको घटनामा ३२ जना विद्यार्थी मारिएका थिए । यो वर्ष यसरी गोलीकाण्ड भएको यो तेश्रो घटना हो । यसअघि गत जुलाईमा कोलोराडोको अरोरामा भएको गोलीकाण्डको घटनामा कम्तीमा पनि १२ जना मारिएका थिए भने विस्कनसिनस्थित एक शिख मन्दिरमा अगष्ट महिनामा भएको आक्रमणमा छ जना मारिएका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा सम्वोधन गर्दै यसलाई अत्यन्त दु:खद एवं हृदयविदारक घटना भनेका छन् । अत्यन्त भावुकरुपमा ह्वाईट हाउसमा शुक्रवार अपरान्ह राष्ट्रपति ओबामाले सम्बोधनका क्रममा आँशु पुछ्दै र गला अवरुद्ध बनाउदै भने, यो घटनाले हाम्रो मुटु छियाछिया भएको छ । ओबामाले मारिएका विद्यार्थीहरुको स्मरणमा डिसेम्वर १८ तारिखसम्म अमेरिकाको राष्ट्रिय झण्डा आधा झुकाउन पनि आदेश दिएका छन् ।
Video Courtesy: CBC.CA
0 comments