उमेर नपुगी बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ !!
मंसिर २९ । पाँचथरमा बालविवाह गरेको भन्दै एक जोडीलाई बालक्लबको पहलमा पक्राउ गरिएको छ । सदरमुकाम फिदिमको पल्लोटार निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमला र पाँचथर लुम्फाबुङ गाविस निवासी नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला वालक्लव संजालले वालविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राजन र सुमित्राले गत मंसिर १४ गते घरवाट भागेर विवाह गरेका थिए । नेपालमा विहे गर्नका लागि केटीको १८ र केटाको २० वर्ष उमेर पुग्नुपर्ने कानूनी प्रावधान छ ।
Category: Article
0 comments