समाचार लेखेकै कारण २ पत्रकारको ज्यान मार्नेसम्मको धम्की !!

Tika | 14:43 | 0 comments

मंसिर २३ । समाचार लेखेकै कारण विभिन्न व्यक्ति र समुहबाट धम्की आउन थालेको भन्दै सिन्धुपाल्चोकमा पत्रकारहरुले सुरक्षाको माग राखेर आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पछिल्लो समयमा गैरनेपालीलाई नागरिकता दिएको समाचार लेखेका कारण पत्रकार महासंघ जिल्ला शाखाका कोषध्यक्ष दिनेश थापा र सुन तस्करीको समाचार लेखेका कारण कान्तिपुर दैनिकका ऋषिराम पौड्याललाई विभिन्न समुहले फोन मार्फत ज्यान मार्नेसम्मको धम्की दिएको वताइएको छ । धम्की आएको विषयमा जानकारी गराउँदा पनि प्रहरी प्रशासनले चासो नदिएको भन्दै पत्रकाहरुले जिल्ला प्रशासन कार्यालमा धर्ना दिएका हुन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments