दीपिका र रणविर बीच झगडा पर्नुको कारण ....

npnews | 09:19 | 0 comments

बलिउडका चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणविर सिंहबीच झगडा भएको छ । हालै एक साथीको पार्टीमा सँगै पुगेका रणविर र दीपिकाबीच साथीको घरमै झगडा भएको हो ।
यी दुइ बीच झगडा पर्नुको कारण रणविर नै रहेछन् । रणविरले दीपिकाको सम्बन्धका बारेमा विना अनुमति मिडियामा विभिन्न कुरा गरेको प्रति दीपिका रिसाएकी रहेछिन् ।सोही कारण दीपिकाले रणविरलाई हकारेपछि यी दुइबीच झगडा भएको बताइएको छ ।
रणविरसँगको आफ्नो प्रेम सम्बन्धका बारेमा दीपिकाले मिडियामा गोप्यता साँधिरहेकी भएपनि रणविरले भने खुलमखुल्ला भन्दै हिँडेपछि दीपिकालाई रिस उठ्नु स्वभाविकै हो । दीपिकाले रणविरलाई जथाभावी नबोल्न चेतावनी दिएको बताइएको छ । बोल्दाबोल्दै रणविर सिमा बाहिर जानसक्ने र आफुहरुको सम्बन्ध बारेका गोप्य कुरा समेत खोल्नसक्ने आशंकामा दीपिकाले रणविरलाई अब सम्बन्धका बारेमा मुख नखोल्न अह्राएको बताइएको छ । दीपिका चटि्एपछि रणविर अवाक् भए । हेरौँ यो झगडापछि यी दुइबीचको सम्बन्ध कसरी अघि बढ्छ ?भिडियो हेर्नुहोस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments