भारतमा बेचिन लागेका पाँच युवतीको उद्धार

npnews | 07:36 | 0 comments

२३ साउन,अत्तरिया(कैलाली) । कैलालीको त्रिनगर सीमाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आज पाँच युवतीको उद्धार गरिएको छ ।झापा, गोरखा, धादिङ, काभ्रे र ललितपुर घर बताउने उनीहरुको उमेर १७ देखि २१ वर्षसम्म रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्रिनगर भन्सार हुँदै सीमावर्ती भारतको गौरीफन्टा जान लागेका उनीहरुलाई केआई–नेपाल नामक संस्थाका प्रतिनिधिले सोधपुछपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको थियो ।पाँचै जनाले समीर र सुदीर नाम बताउने व्यक्तिहरुले भारतको बङ्लोरमा राम्रो जागिर लगाइदिने भनी ल्याएको बयान दिएको कैलाली जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।उनीहरुका अनुसार समीर र सुदिर अगाडि नै गौरीफन्टामा गएर बसेका र आफूहरुलाई रिक्सा भाडा दिएर आउँदै गर्नू भनेका थिए ।

समीर र सुदिर अगाडि नै गौरीफन्टामा गएर बसेको र आफूहरूलाई रिक्सा भाँडा दिएर आउँदै गर्नु भनेको प्रहरी नियन्त्रणमा रहेका युवतीहरूले जानकारी दिइन् ।युवतीहरू ल्याउने काममा संलग्न समीर र सुदिरको खोजी कार्य भइरहेको छ ।उद्धार गरिएका युवतीहरूका आफन्तजनलाई खबर गरिसकेको र उनीहरू धनगढी आएपछि जिम्मा लगाउने प्रहरीले बताएको छ । रासस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments