मिस नेपाल-अमेरिकाका लागि भिड्दै करिश्माकी छोरी

npnews | 08:43 | 0 comments

अमेरिकामा रहेका नेपालीहरुको सवैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए)को ३१ औं सम्मेलनको अबसर पारेर न्यूयोर्कमा शुक्रबार फेसन मेला हुादै छ । एएनएन फ्यासन एक्ट्राभान्जा ०१३ शीर्षकमा हुने मेलामा यो बर्षका लागि मिस नेपाल युएसएको छनौट हुने छ । नेपाली समयअनुसार यही शुक्रबार बिहान हुने अन्तिम प्रतिस्पर्धामा नेपाली नायिका करिश्मा मानन्धरकी छोरी कविताले प्रतिस्पर्धा गरिरहेकी छिन् । यो प्रतिस्पर्धाका लागि १६ जनाले भाग लिएका छन् । जसमा अंकिता बस्नेत, अस्मिता ढकाल, विराज श्रेष्ठ, दिवेस भण्डारी, दिपेश भण्डारी, जुवी गौचन, कञ्चन घिमिरे, माल्स्मा राजभण्डारी, प्रविन शर्मा, सविर श्रेष्ठ, स्मृती श्रेष्ठ, साकार थापा, स्वेता जोशी र सुगम श्रेष्ठ पनि सहभागी छन् ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments