हेलिकप्टर दुर्घटना,हुदा १९ को मृत्यु

npnews | 03:25 | 0 comments

 असार १८ । रुसको साइवेरियास्थित दुर्गम याकुटिया क्षेत्रमा रुसी एमआई–८ हेलिकप्टर दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु भएको छ । मारिनेमा १२ वर्ष मुनिका ११ जना र तीन जना ३ वर्ष भन्दा कम उमेरमा बालबालिकासहित अन्य व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ । 

हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २८ यात्रु रहेको रुसी अधिकारीहरुले जनाएका छन् । हेलिकप्टर डेपुटास्की गाउँबाट अर्को गाउँ काजाची जाँदै थियो । 

साइवेरियाका दुर्गम क्षेत्रहरुमा यातायातको मूख्य साधनको रुपमा हेलिकप्टरको अधिक प्रयोग हुँदै आएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरुले भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । imagechannels

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments