६० वर्षको उमेरमा स्वस्थ बच्चा जन्माएपछी चिकित्सकसमेत अचम्म
३१ जेठ, एजेन्सी । भारतको मध्यप्रदेशको इंदोर शहरमा एक महिलाले ६० वर्षको उमेरमा बच्चा जन्माएकी छिन् ।
लीलाबाई नामकी महिलाले ६० वर्षको उमेरमा स्वस्थ बच्चा जन्माएपछी चिकित्सकसमेत अचम्ममा परेका थिए । लीलाबाईले ६० वर्षको उमेरमा एमवाय अस्पतालमा एक छोरीलाई जन्म दिएकी छिन् ।
चिकित्सकले दिएको जानकारी अनुसार बच्चा र महिलाको स्वास्थ्य निकै राम्रो रहेको छ । चिकित्सकले बताए अनुसार उक्त क्षेत्रमा लीलाबाई यस उमेरमा बच्चालाई जन्म दिने पहिलो महिला हुन् लीलाबाईको ३ वटा बच्चा पहिला देखी नै छन् । उनी यो उमेरमा बच्चा जन्माएर उनी निकै चर्चित भएकी छिन्..
Category: News


0 comments