माओवादीले सरकारी कर्मचारी कुटेपछि.....

npnews | 06:11 | 0 comments

जेष्ठ ३१ । संखुवासभामा बन्दको अवज्ञा गरेको भन्दै नेकपा–माओवादीसहित पाँच साना दलका कार्यकर्ताले आज सरकारी कर्मचारीमाथि हातपात गरेपछि खाँदबारी तनावग्रस्त बनेको छ । सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यलयमा पुगी बन्दकर्ताहरुले कर्मचारीमाथि हातपात गरेपछि प्रहरीले धरपकड गरेको थियो । त्यसपछि स्थिति तनावग्रस्त बनेको हो । 

संखुवासभामा जिल्ला अस्पतालमा डाक्टरको दरबन्दी, भ्रष्ट कर्मचारीहरुमाथि कारबाही लगायतको माग गर्दै नेकपा–माओवादीसहित पाँच दलले हिजोदेखि जिल्ला बन्द गराएका थिए । 

यता, संखुवासभाका प्रमुख जिल्ला अधिकारी विष्णुकमार कार्कीले नेकपा–माओवादीसहित ५ दलले अस्पतालमा ताला लगाउनु व्यक्तिगत स्वार्थ भएको जिकिर गरेका छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments