तोरीबारीमा छचल्कियो हर्षिका र रीयाको जवानी

npnews | 05:30 | 0 comments


नेपाली सिनेमाका गीतसंगीतमा मौलिकता र लय हराउँदै गएको आरोप लाग्ने गरेको छ । आधुनिक पुस्ताको रोजाई भन्दै गीतसंगीतमा पाश्चत्य शैली पनि भित्रिएको छ । तर भदौ २१ गतेबाट प्रदर्शनमा आउँन लागेको चलचित्र ‘जंजिर’मा समावेश एक गीतले नेपाली चलचित्रको गीतको छनक दिएको छ ।करण श्रेष्ठ ‘क्रेजी’को निर्माणमा के.आर इन्टरटेन्मेन्टको दोश्रो प्रस्तुतीको रुपमा रहेको यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, सुनिल रावल, रिया श्रेष्ठ, सुष्मिता शाही, सुनिल लामा, सुनिल गुरुङ, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ, राजेश खड्की, गौतम मुखर्जी, दावा लामाले निर्माण गरेका हुन् । चलचित्रमा गणेशकुमार श्रेष्ठको छायांकन, शंकर महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत समावेश छ ।
यसैबिच चलचित्रमा समावेश ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको गीतलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । चलचित्रको कुनै प्रचार बिना नै सीआरबीटी राम्रो डाउनलोड भएको प्रस्तुतकर्ता क्रेजीको भनाई छ । यो गीतलाई निक्कै आकर्षक लोकेशनमा छायांकन गरिएको छ । यसैले पनि दर्शकले गीतलाई मनपराउने विश्वास गरिएको छ । यो गीत के - कस्तो छ तल हेर्नुस ..

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments