तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो

npnews | 06:34 | 0 comments

आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंशले कस्तो तहल्का मच्चायो पुरा तल हेर्नुहोस !!!

तिमीले दुध सित खाना खानुको साटो पानीसित खान्छौ, तिमीले बाराक ओबामालाई सधै बाराक हुसेन ओबामा भनेर सम्बोधन गर्यौ, तिमीले पौडीबाज माइकल फेल्प्सका तस्वीर अंकित धेरै पोष्टर किन्यौ, त्यसैले मैले तिमीसँग छोडपत्र गरेँ ।’ आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंश हो यो । सामाजिक संजाल इमगुरमा राखिएको यो छोडपत्र अहिले एकाएक चर्चित बनेको छ । ‘मैले तिमीलाई किन छाडेँ ?’शीर्षकको उक्त चिठीमा एक युवतीले प्रेमसम्बन्ध तोड्नुपर्नाका २० कारण उल्लेख गरेकी छिन् । उनको छोडपत्रमा अगाडि लेखिएको छ, ‘तिमीले परिवारका सबै सदस्यलाई मुखमै चुम्बन गर्यौ, तिम्रो मनपर्ने मूभी स्नो डग हो, तिम्रो मनपर्ने हिरो क्रिक क्यामरन हो, तिमीले मेरो हजुरआमाको मलामी जाँदा कालो स्विटप्याण्ट लगायौ, तिमीले चन्द्रमामा मान्छे पुगेको कुराको विश्लेषण गर्दा हावादारी कुरा उधृत गर्यौ’ आदि आदि । पत्रको अन्त्यमा भनिएको छ तिम्रो जिवन सुखद रहोस् ।onlinekhabar.
onlinekhabar.

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments