बलिउड नायिका जीया खानले गरिन् आत्महत्या

npnews | 23:58 | 0 comments


बलिउड नायिका जीया खानले आत्महत्या गरेकी छिन् । उनले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।  उनले पंखामा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । जीया केही दिन यता निक्कै तनावमा रहेको बताइएको छ । उनले ट्विटरमा पनि अलबिदा लेखेकी थिइन् । अमिताभ बच्चनसँग चलचित्र ‘निशब्द’मा अभिनय गरेकी जीयाले अक्षयकुमारसँग ‘हाउसफुल’मा पनि काम गरेकी थिइन् । 

उनले आमिर खानको चलचित्र ‘गजनी’मा पनि विशेष भूमिकमा अभिनय गरेकी थिइन् । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी जीयाले आखिर किन आत्महत्या कै बाटो रोजिन्, धेरैले प्रश्न उठाइरहेका छन् ।
उनी आत्महत्या गर्नु भन्दा १ दिन अघि मात्र हैदाराबादबाट फर्किएकी थिइन् । उनी हैदाराबादमा एक चलचित्रको अडिशनका लागि गएकी थिइन् । तर उनको अडिशन राम्रो नभएको बताइएको छ । उनको आमाले दिएको बयान अनुसार, जियाले हैदाराबादको अडिशन राम्रो नभएको र अब आफू इंटेरियर डिजाइनिङको पेशा अपनाउने सोचाइमा रहेको बताएकी थिइन् । सोमबार बेलुकी ७ बजेबाट जीयालाई कसैले पनि बाहिर देखेको थिएन । तर ११ बजे अपार्टमेन्टका सुरक्षा गार्डको सुचनामा पुलिसले उनी बस्दै आएको ‘सागर संगीत अपार्टमेन्ट’को १०२ नम्बरको फ्ल्याटको ढोको तोडेको थियो । पुलिसले जीया खानलाई पंखामा पासो लगाएको अवस्थामा भेट्याएको हो । उनको मृत शरीरलाई अहिले पोष्टमार्टमको लागि लगिएको छ ।
आफ्नो करिअरलाई बलिउडका सुपरस्टारको साथमा सुरु गरेकी जीयाले हालै मात्र ३ मेघा बजेटका सिनेमामा अभिनय गर्ने पक्का भएको थियो । तर एकाएक डिप्रेशनमा आएर उनले आत्महत्या गरेकी छिन् । उनी २५ बर्षको थिइन् ।  यस्तो अबस्थामा भेट्टिएकि थिइन जिया, पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस   ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments