छोरीले जिन्स लगाएपछी छिमेकीद्धारा आमाको हत्या

npnews | 02:29 | 0 comments


२९ जेठ, एजेन्सी । छोरीले जिन्स लगाएको भन्दै छिमेकीले एक आमाको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशमा छोरीले जिन्सका कपडा लगाएको भन्दै आमासँग उनका छिमेकी झगडा गर्दै गोली हानी आमाको हत्या गरेका छन् । 
छोरीलाई जिन्स लगाउन दिएको भन्दै छिमेकी फुलवतीको परिवार कमलेश डुबेसँग कमलेशको घरमा झगडा गर्न आएका थिए । झगडाका क्रममा फुलवतीको परिवारले कमलेशको शरिरमा आगो लगाइदिँदै कमलेशलाई गोली हानेका थिए । गोली लागेकी कमलेशको घटनास्थलमा नै मृत्यु भएको थियो ।  
यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले फुलवतीको परिवारका केही सदस्यलाई पक्राउ गरेको छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments