बिजुलीको बिल हेर्दा मान्छे यसरि मुर्छा परेर खुत्रुक्कै भएपछि ....

npnews | 08:59 | 0 comments

मान्छेलाई यसरि मुर्छा पारेर ज्यानै लिने बिल कति रहिछ ल हेर्नुहोस !!!

घरमा बालेको बिजुलीको बिलकै कारण मुर्छा परेका एक वृद्धको अन्ततः प्राणान्त भएको छ । विजुलीको बिल निकै धेरै आएपछि उनलाई हृदयाघात भएको थियो । ६१ वर्षका एस पी समरादासा नामका ती व्यक्तिले आफ्नो घरको विजुलीको बिल निकै धेरै उठेको भन्दै राष्ट्रिय विद्युत बोर्डमा उजुरी गर्न गएका थिए । बोर्डका अधिकारीहरुले विजुलीको महसूल बढेकाले यतिधेरै बिल उठेको बताउने बित्तिकै ती वृद्ध तत्काल ढलेका थिए । हृदयाघातबाट ढलेका उनको विजुली अफिसबाट अस्पताल ल्याउने क्रममा ज्यान गयो ।
श्रीलंकाली पत्रिकाहरुले यो घटनालाई मुख्य खबर बनाउदै बिजुलीको महसूलले एकजनाको ज्यान लिएको उल्लेख गरेपनि बिजुलीका खातिर ज्यान हाल्ने ती व्यक्तिको बिजुलीको बिल कति उठेको थियो भन्ने कुरा भने खुलाएका छैनन् ।
स्मरण रहोस् श्रीलंका महंगो बिजुली भएका एसियाली देशहरुमा पर्छ । मुख्यतया कोइला तथा तेलबाट निकालिएको बिजुलीको मूल्य प्रतियुनिट ७५ रुपैयाँ जति पर्छ । विद्युत बोर्डको घाटा चुलिएपछि श्रीलंकामा गएको मे महिनामा विजुलीको महसूल ह्वात्तै बढाइएको थियो

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments