हेर्नुस !!!प्रचन्डले एक दिनमा तीन थरीका भाषण

npnews | 16:31 | 0 comments

प्रचण्ड जहाँ जान्छन्, जुन समुदायीमा जान्छन्, त्यस्तै किसिमका भाषण गर्छन् । त्यस कारणले होला, अरु राजनीतिक दलका नेताहरुको भाषण सुन्ने भन्दा प्रचण्डको भाषण सुन्ने सर्वसाधारणका संख्या बढी, हेर्नुस !!!!

 २९ जेठ । नेपाली राजनीतिका चतुर खेलाडी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी पनि विभिन्न राजनीतिक दलका नेताहरु जस्तै देश दौडामा छन्, यति बेला । उनी जहाँ जान्छन्, जुन समुदायीमा जान्छन्, त्यस्तै किसिमका भाषण गर्छन् । त्यस कारणले होला, अरु राजनीतिक दलका नेताहरु भाषण सुन्ने भन्दा प्रचण्डको भाषण सुन्ने सर्वसाधारणका संख्या बढी देखिन्छ ।
भाषणमा तालीको ग्रगाहट् पनि त्यस्तै हुन्छ । प्रचण्डको कुनै एक दिनको मात्रै दैनिकी लिने हो भने दुईदेखि चार वटासम्म कार्यक्रम हुन्छ । जति कार्यक्रममा जान्छन्, सबै कार्यक्रममा फरक फरक भाषण गर्न छन् र त्यसको पछिल्लो उदाहरण हो बुधबार पूर्वाञ्चलको कार्यक्रमहरु । सुरुमा उनी इलामको कन्याममा बिहान कार्यकर्ताहरुसँग भेटघाट गर्दै आफ्नो कार्यकर्तालाई चुनावका लागि गाउँ गाउँमा जान निर्देशन दिनु भयो । प्रचण्डले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान आफूहरूको एजेण्डा भएको बताउनु भयो । संघीयता लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अझ बढी उपलब्धि हात पार्नुपर्ने भएकाले संविधानसभाको निर्वाचनका लागि सबै जनता होमिने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनु भयो ।

सरकारले केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो । राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका बारेमा दलहरूबीच सहमति नहुँदा अघिल्लो पटक संविधान निर्माण हुन नसकेको बताउंदै उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति हुन नसकेपछि सम्पूर्ण काम सरकारलाई जिम्मा लगाएको बताउँदै प्रचण्डले सरकारले गर्ने निर्णय सबैले मान्नुपर्छ, भन्नु भयो ।
त्यसपछि उनी झापाको लखनपुरमा पुग्नु भयो र त्यहाँ पनि एक कार्यक्रमको उद्घाटन गर्नु भयो । त्यहाँ प्रचण्डले मंसिरको दोस्रो साताभित्रै संविधानसभाको निर्वाचन हुने बताउनु भयो । साथै उनले निर्वाचनको लागि सरकारले चाँडै मिति घोषणा गर्ने तयारी गरीरहेको बताउनु भयो ।

निर्वाचनमा न्यूनतम मत सीमा (थ्रेस होल्ड) अनिर्वाय सर्त नभएको बताउँदै भन्नुभयो, “थ्रेस होल्ड राख्ने नराख्ने विषयमा सरकारले गरेको निर्णय आफ्नो पार्टीलाई मान्य हुने छ ।” थ्रेस होल्डको नाममा कसैले पनि निर्वाचन भाड्न, बखेडा झिक्न नहुने उहाँको तर्क थियो ।
र, त्यसपछि प्रचण्ड बिराटनगर पुग्नु भयो । बिराटनगर विमानस्थलमा प्रचण्डले अब हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नु भयो । एमाओवादीले मधेसी, जनजाति, पिछडावर्ग, दलित एवम् महिलाको माग सम्बोधन गर्ने संविधान बनाउने भएकाले जनताले आफ्नो पार्टीलाई दुई तिहाइ बहुमतले विजयी गराउने बताउनु भयो ।

उहाँले निर्वाचनमा संघीयता पक्षधरबीच आफ्नो पार्टीको सहकार्य हुनेसमेत जानकारी दिनु भयो । प्रचण्डले नेपाली जनताको चाहना संविधान भएकाले मंसिरको पहिलो हप्तामा निर्वाचन जसरी भए पनि हुने बताउनु भयो ।

प्रचण्डले कुनै एक पार्टीले नचाहँदैमा निर्वाचन नरोकिने बताउँदै आगामी संविधानसभा निर्वाचनमा वैद्य समूहले भाग लिने विश्वास व्यक्त गर्नु भयो । मुख्य राजनीतिक दल, आमजनता र सरकार निर्वाचनका लागि गम्भीर भएकाले सरकारले केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनु भयो ।
उहाँले  निर्वाचन ऐन जारी हुने वित्तिकै निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोग सरकारले गठन गर्ने, त्यसका लागि नाम सिफारिस भइसकेको समेत जानकारी दिनु भयो प्रचन्डले यस्तो भनेर फरक फरक भाषण गरे !!!  

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments