भारी बोक्न नमान्दा दलित बालक मरणासन्न कुटिए

npnews | 00:55 | 0 comments

आफ्नो दोकानको भरि बोक्न नमान्दा दलित बालक यसरी मरणासन्न कुटिए भिडीयो !!!

३० जेठ, बाजुरा । बाजुराको विक काँडा गाविसमा भारी बोक्न नगएको भन्दै एक दलित बालम मरणासन्न हुने गरी कुटिएका छन् ।

काँडा ८ मा अस्थायी रुपमा पसल सञ्चालन गर्दै आएका जगबागेश्वरी २ का वकेन्द्र सिंहले स्थानीय १४ बर्षका मनोट नेपालीलाई आइतबार कुटपिट गरेका हुन् । आफूले भनेको बेला भारी बोक्न नगएको भन्दै सिंहले पसलनजिकै घर भएका प्रेम नेपालीका छोरा मनोजलाई घाडी गोठमा लगेर कुटेको प्रत्यक्षदर्शी चेत नेपालीले बताए ।

सिंहले केही दिनअघि मात्र नेपालीलाई डाब बजारबाट आफ्नो सामान ल्याउनको लागि भनेर पाँच सय रुपैयाँ दिएका थिए । ‘साहुले भारी बोक्ने भनेको दिन शुक्रबार छोरा गाउँमा बाजा बजाउन गएका थिए, त्यसैले सामान लिन जान सकेन,’ पीडित बालकका आमा निञ्जनाले भनिन् । भोलीपल्टै पैसा फिर्ता गर्न गएका मनोजलाई सिंहले कुटपिट गरेका हुन्, भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments