९९ बर्षमा जन्माएको छोरो बेपत्ता

npnews | 16:05 | 0 comments

९९ वर्षको उमेरमा बाबु बन्दा भारतका रामजीत राघवलाई संसार नै जितेजस्तो लागेको थियो । पिण्डखाने बेलामा बाबु बनेपछि २०१० मा उनी इन्टरनेटको दुनियाँमा छाए । तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत ५ दिनदेखि हराएका छन् । रामजीतले छोरा हराएको सूचना सोनीपतमा रहेको प्रहरी थानामा दिएका छन् तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन । राघवले बताएअनुसार विक्रमाजीत केही दिनदेखि विरामी थिए ।

 उनकी पत्नी शकुन्तलादेवी छोरालाई उपचारका लागि सोनीपत लिएर गएकी थिइन् । जहाँ उनी हराए । बुढेसकालमा जन्मिएको छोरा हराएपछि राघवको होसहवार उडेको छ । सन् २०१० मा बाबु भन्दा उनले सबैभन्दा पाको उमेरमा बाबु बनेको कीर्तिमान बनाएका थिए । उनकी श्रीमती शकुन्तला भने ५० वर्षकी थिइन् । २०१२ मा फेरि उनी बाबु बनेर आफ्नै रेकर्ड तोडका थिए । जतिबेला उनको उमेर १ सय २ वर्ष भइसकेको थियो । यद्यपि उनीसँग आफ्नो जन्ममितिको कुनै रेकर्ड छैन । उनको दोस्रो छोरा रणनीति करिव ९ महिनाको भएको छ ।एजेन्सी/अनलाइनखबर

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments