प्रधानमन्त्रीलाईअभद्र प्रश्न सोध्दा के भयो हेर्नुहोस
अष्ट्रेलियाका प्रधानमन्त्री जूलिया गिलार्डलाई एक अभद्र प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु साथै जगरिनै चट तल हेर्नुहोस !!!
अष्ट्रेलियाका प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ । हावर्ड स्याटलरले लाइभ अन्तरवार्ताका क्रममा गिलार्डलाई उनको पार्टनर गे अर्थात समलिंगी हो भनेर प्रश्न सोधेका थिए ।
उनले गिलार्डलाई भनेका थिए कि सात वर्षदेखि उनीसँगै रहेका पार्टनर टिम म्याथेसन समलिंगी हुनुपर्यो किनकी उनी हेडर ड्रेसर थिए । गिलार्डले यसलाई अस्वीकार गर्दै हेयरड्रेसर भएकै भरमा समलिङ्गी सम्झनु बकबास भएको बताएकी थिइन् ।
फेयरफ्याक्स रेडियोले सुरुमा स्याटलरलाई निलम्बन गरेका थियो, अहिले जागिरबाट निकालेको छ । साथै अभद्र प्रश्न सोधेकोमा रेडियोको तर्फबाट प्रधानमन्त्री गिलार्डसँग माफी मागिएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा स्याटलरको अन्तवार्तामा रोधिएको प्रश्न अभद्र भएको र यसको राजनीतिक बहससँग कुनै सम्वन्ध नभएको उल्लेख छ । गिलार्डलाई बिहीबरा एक चुनावी बहसमा यस्तो प्रश्न सोधिएको थियो ।–बीबीसीको सहयोगमा
Category: News


0 comments