श्रीमानले गराए ज्युँदै श्रीमतिको मृत्यु दर्ता, आफ्नै मृत्यु दर्ता बोकेर प्रशासन धाउँदै बुढी आमै

npnews | 03:04 | 0 comments

१३ असार,  मुच्चोक गाविस ९, धारापानीकी ६६ बर्षकी रुपकुमारी गुरुङ आफ्नै मृत्युदर्ताको प्रमाणपत्र हातमा बोकेर सिफारिस लिन जिल्ला प्रशासन आइन् । भारतीय सेनामा रहेका श्रीमानको १० महिनाअघि मृत्यु भएपछि पेन्सनपट्टा आफ्नो नाममा गराउन चाहिने कागजपत्र लिन आएकी रुपकुमारीको हातमा आफ्नै मृत्युको प्रमाणपत्र देखेर प्रशासनका उच्च अधिकारी र कर्मचारी छक्क परे ।
श्रीमानको मृत्युपछि उनले पाउँदै आएका सेवासुविधा पाउने पहिलो हकदार आफू रहेको दाबी गर्दै केही समयअघि उनी पेन्सन लिन नेपाल भारतीय गोर्खा भूपु सैनिक कल्याणकारी समिति पोखरा पुगिन् । त्यहाँ पुग्दा कर्मचारीले मृत्यु भइसकेको र पेन्सनपट्टा कान्छी श्रीमतीको नाममा रहेको बताएपछि रुपकुमारी छक्क परिन । ‘श्रीमान् र कान्छि मिलेर म ज्यूँदै मान्छेको मृत्युदर्ता गराएछन्, जिउँदै भएको भए श्रीमानलाई नै मुद्दा हाल्थेँ,’ रुपकुमारीले भनिन् ‘मेरो मृत्यु भइसकेको जनाएर कान्छीले पेन्सन लिने गरी मिलाएको रैछ ।’ पहिलो श्रीमती पेन्सनको हकदार आफू पनि भएकाले नाता प्रमाणित गरी सिफारिस लिन जिल्ला प्रशासन कार्यालय गोरखा आएकी हुँ उनले भनिन् नागरिक दैनिकमा खबर छ ।
रुपकुमारी गाउँमै बस्छिन् । भारतीय सेनामा रहेका श्रीमान दलबहादुरले गोरखा मुच्चोक ९ कै खगी गुरुङसँग दोस्रो बिहे गरेर पोखरा बसाई सरे । पोखराबाट उनले श्रीमतीको मृत्यु दर्ता गराउका हुन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments