धारिलो हतियार प्रहार गरी भाइले दाजुको हत्या

npnews | 17:03 | 0 comments

इलाम,जेठ २० । धारिलो हतियार प्रहार गरी गएराति इलामको पञ्चकन्यामा भाइले दाजुको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घरमा उद्धण्ड मच्चाएका पञ्चकन्या–८ का ५९ वर्षीय वीरबहादुर राईले दाजु ६५ वर्षका रत्नबहादुर राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
 हतियार प्रहारबाट गम्भीर घाइते बनेका रत्बहादुरलाई उपचारका लागि फिक्कल अस्पतालतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनापश्चात फिक्कल र आइतबारेमा रहेको प्रहरी चौकीले हत्यामा संलग्न भाइ वीरबहादुर राईलाई पक्राउ गरेको छ । 

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दहालले जानकारी दिनुभयो ।पुरा खबर हेर्नु होस्

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments