स्कुटरमा आएकी महिलाले ट्राफिकको युनिफर्म च्यातिदिइन्

npnews | 06:10 | 0 comments

काठमाडौं—ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्ने काठमाडौँ महानगरपालिका–२५ मखनटोल बस्ने ३६ बर्षीया सम्झना बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान सवा ८ बजे बा.३४ प ३५५४ नम्वरको स्कुटीमा ३ जना बसी आएपछि पुतलीसडक चोकमा खटिएका ट्राफिक प्रहरीले स्कुटी रोकी कागजपत्र माग्दा उनले ट्राफिक प्रहरी जवान गोविन्द राना र विकास गिरीलाई गाली गलौज गर्नुको साथै युनिफर्म समेत च्याती दिएको प्रहरीले बताएको छ।
ट्राफिक प्रहरीले निजको स्कुटी नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरी जवान विकास गिरीलाई निजले हेल्मेटले टाउकोमा प्रहार गर्दा हेल्मेट छेक्ने क्रममा निज बस्नेतको मुखमा सामान्य चोट लागेको थियो। 

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सिहदरबारको बा.१ झ ५७५ नम्वरको मोवाइल भेन उक्त स्थानमा पुग्दा निजका श्रीमान ६० बर्षीय बिष्णुमान श्रेष्ठ समेतका ४/५ जनाको समुहले सवारी आगमनमा अवरोध पुर्‍याई प्रहरी भेनको साँचो खोसेकोले बिष्णुमान श्रेष्ठ सहित ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिए सम्झाई बुझाई गरी छाडेको थियो। 

प्रहरी थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments