युएईमा नेपालीले गरे नेपालीकै हत्या
५ जेठ,युएई । युएइको अल्कोजमा सामान्य विवादकामा मोरङ बेलबारीका एक नेपालीको छुरा प्रहर गरि हत्या गरिएको छ । उनको यही मे १७ मा हत्या गरिएको हो। उनलाई नेपालीले नै हत्या गरेका हुन्।
मोरङ बेलबारी घर भएका २५ बर्षिय सुरज राइलाई पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार गरि हत्या हत्या गरेको त्यहि कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेलले जानकारी दिएका हुन्। 
दिउसो संगै तास खेलेका राइ र मगर साझमा लागुपदार्थ सेवन गरि तासको लेनदेनको विषयमा विवाद हुदा राइले छुरा हानि हत्या गरेका हुन ।
घटना युएइको अल्कुज़मा रहेको डुल्सको कम्पनीको लेबर क्याममा भएको हो । अल्कोज,सोनापुर ,लगाएत लेबर क्याम रहेको क्षेत्रमा कमसल लागुपदार्थ बिक्रि वितरण हुने गरेको छ।source nepaliheadline
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला 


0 comments