नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि वाइसिएलको आक्रमण

npnews | 16:43 | 0 comments

१२ जेठ, रोल्पा । एमाओवादीका पूर्वलडाकुहरूलाई पार्टीमा प्रवेश गराउनका लागि रोल्पा पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापामाथी वाइसिएलले आक्रमण गरेको छ । 

रुकुमको ग्राइलाको बेलटापूमा आज नेपाली काँग्रेस रुकुमले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उनीमाथी आक्रमण भएको हो । उक्त कार्यक्रममा नेता गगन थापाले १५ पूर्व लडाकु र केही एमाओवादी कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने कार्यक्रम थियो । 

कार्यक्रम चलिरहेका बेला वाइसीएल नेता केदार विष्टको नेतृत्वमा आएका वाइसियल कार्यकर्ताले मञ्चमै ढुंगा प्रहार गरेका थिए । शुरुमा वाइसिएल र काँग्रेस कार्यकर्तावीच केहीबेर दोहोरो ढुंगा हानाहान भएको थियो । 

वाइसीएलको आक्रमणपछी उक्त क्षेत्रको स्थिति तनावग्रस्त भएको थियो भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत निकै गाह्रो भएको थियो ।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments