रागिनीको अंग्रेजी भाषण, छोराले कुदाँए बाइक

npnews | 13:13 | 0 comments

-->

-->

राजेन्द्र खड्गीको परिवारले नै अभिनय गरेको चलचित्र ‘नोथीङ इम्पोसिबल’को प्रोमो, गीत र पोष्टर सार्वजनिक गरिएको छ । असार २८ गतेबाट प्रदर्शनमा ल्याउने तयारीका साथ चलचित्रको प्रचारप्रसार सुरु गरिएको छ ।

कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, निर्माता युवराज लामा, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, चलचित्र संघका महासचिव प्रदिप उदय लगायतको उपस्थिती थियो ।

कार्यक्रममा नायिका तथा सह निर्देशक समेत रहेकी रागिनी खड्गीले अंग्रेजीमा लेखिएको मन्तव्यबाट उपस्थित अतिथीहरुलाई स्वागत गरेकी थिइन् । यस्तै उनका छोरा तथा चलचित्रका मुख्य कलाकार आर्यन खड्गीको कार्यक्रम प्रवेश पनि विशेष आकर्षण बन्न पुग्यो । आर्यनले सानो बाइकमा कार्यक्रम हलमा २ राउण्ड लगाउँदै इन्टि्र गरेका थिए ।

चलचित्रमा राजु केसीको छायांकन, उमेश नेवाको द्वन्द्व छ । चलचित्रमा राजेन्द्र खड्गी, उनकी छोरी रोमा खड्गीको पनि अभिनय छ । चलचित्रमा रागिनीका ७ बषिर्या छोरा आर्यनले डरलाग्दा द्वन्द्वका दृश्य समेत दिएका छन् । चलचित्रको विशेष आकर्षण नै उनी रहेको बताइएको छ ।

-->
-->

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments