अमेरिकाद्धारा आफ्ना नागरिकलाई मध्यपूर्व र अफ्रिकाको भ्रमण नगर्न आग्रह

अमेरिकाले मुस्लिम बाहुल्य देशहरुमा आफ्ना दूतावासहरु आईतबार बन्द गर्ने सूचना जारी गरे लगत्तै नागरिकहरुलाई भ्रमणमा सावधानी अपनाउन सूचना जारी गरेको हो । अमेरिकाले मुस्लिम बाहुल्य देशका सार्वजनिक यातायात र पर्यटन केन्द्रहरुलाई लक्षित गरी अगस्त महिनाभर आक्रमण हुनसक्ने सूचना प्राप्त भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिकहरुको सुरक्षाका लागि सबै उपाय अबलम्बन गर्न अधिकारीहरुलाई निर्देशन दिएका बीबीसीले जनाएको छ ।
उता, बेलायतले पनि सम्भावित आक्रमणप्रति सावधानी अपनाउँदै यमनस्थित आफ्नो दूतावास आईतबार र सोमबार बन्द गर्ने घोषणा गरेको छ । आक्रमणको धम्की दिएपछि विश्वव्यापी भ्रमण सतर्कता सूचना जारीको भिडियो हेर्नुहोस !!!
Category: News
0 comments