बाबुराम भट्टराईले फेसबुक र ट्विटर मार्फत नेपालको बारेमा यसो भने

npnews | 15:14 | 0 comments

२४ असार,काठमाडौ। पुर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले देशलाई विकास तथा सम्वृद्धिको दिशामा अघि बढाउन छिटो संक्रमण काल अन्त्य गर्नु पर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा छिरेका नेता भट्टराई स्टाटस लेख्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी गैर-जिम्मेवार अभिव्यक्ति र गतिविधिलाई वहाना वनाएर आगामी मंसीर ४ को दोश्रो संविधानसभा निर्वाचन सार्न नहुने वकालत गरेका हुन्।
उनले वर्तमान गरिरोधको निम्ति हामी सवैले आआफ्नो हिस्साको कमी कमजोरी इमान्दारी पूर्वक स्वीकार गरेर समाधानका लागि साझा समझदारी वा नयाँ सम्झौता गर्नै पर्ने पनि लेखेका छन्।
मंसिर ४ को चुनाव सारिए प्रतिगमनको आधार तयार हुने बताएका भट्टराईले एकले अर्कामाथि दोष थुपारेर समय वर्वाद गर्ने हो भने इतिहासले कसैलाई पनि क्षमा नगर्ने पनि उल्लेख गरेका छन्।
भट्टराईले इजिप्टको उदाहरण दिँदै सवैले पाठ सिक्नु पर्ने पनि स्टाटसमा लेखेका छन्। इजिप्टमा केही दिन अघि मात्र सैनाले निर्वाचन मोहम्मद मुोर्सीलाई राष्ट्रपतिबाट हटाउँदै प्रधानन्यायाधिलाई राष्ट्रपति बनाएको छ। त्यसयता भएका भिडन्तमा इजिप्टमा सयौले ज्यान गुमाइसकेका छन् ।
ट्विटरमा निकै सक्रिय रहेका भट्टराई अब फेसबुकमा समेत सक्रिय बनेका हुन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments