नेपालमा पूर्व-पश्चिम रेलवे निर्माणमा कोरियाली चासो
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरियाली सरकारले पूर्व-पश्चिम रेलवेलगायत सम्भव हुने सबै परियोजनाहरूलाई लक्षित गरी यसै भ्रमणका अवसरमा नेपाल सरकारसँग प्रारम्भिक समझदारी (एमओयु) गर्न चाहेको छ । तर नेपाल सरकारले पर्याप्त तयारी गर्न नभ्याएकाले यसै पटक एमओयुको सम्भावना कम रहेको अधिकारीहरूले बताए ।
चिनियाँ सरकारको अनुदानमा निर्माण हुने काठमाडौं चक्रपथ सुधार परियोजना उद्घाटन भएलगत्तै अर्को उत्तरपूर्वी एसियाली राष्ट्रको चासो रेलवेमा देखिएको हो । तीन महिनाअघि मात्र दक्षिण कोरियाली दुई कम्पनीले पूर्व-पश्चिम रेलवेको दुई खण्ड निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने ठेक्का पाएका थिए । मुलुकको समृद्धिसँग जोडेर हेरिएको यो रेलवेसम्बन्धी प्रारम्भिक अध्ययन भारतीय कम्पनी राइट्सले गरेको थियो ।
Category: News
0 comments