चर्चित हास्य कलाकार मह जोडीलाई अमेरिकामा भब्य स्वागत

npnews | 02:37 | 0 comments

भर्जिनिया । नेपालका वरिस्ठ तथा चर्चित हास्य कलाकार मह जोडीलाई अमेरिकामा भब्य स्वागत गरिएको छ l ३१ औ एएनए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनमा करिब एक दशक पछि मह जोडी प्रस्तुति देखाउन अमेरिका आए पछि एएनए सम्मेलनको रक्त संचार तिब्र हुनुको साथै ठुलो भुकम्पको झड्का लागेकोले प्रसंशकहरु ५० वटै राज्यबाट ओहिरो लाग्ने भएको छ l
स्वागतको शुभारम्भ डिसी, नेपाली दूताबासले गरेको छ l अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको पहलमा मह जोडीलाई भब्य स्वागत गरिएको जनाईएको छ l
मह जोडी अमेरिकामा अवतरण भए पछि ,प्रसिद्ध लोक गायक तथा मेरील्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारको तर्फबाट अबैतनिक महा बाणिज्य दुत प्रेम राजा महत स्वयम् उपस्थित भै स्वागत गर्न बिमान स्थल पुग्नु भएको थियो lमह जोडी जस्तो कलाकारहरुलाई सम्मान गर्न प्रतीक्षारत हुनु भएका महतले बाल्टिमोर बाणिज्य दुत कार्यलयमा भब्य स्वागत गर्ने जनाउनु भएको छ l
यसै गरि मह जोडीको स्वागार्थ अमेरिकाको न्यु योर्कबाट चौबिसै घण्टा संचालनमा रहेको दूरदर्शन ( टेलिभिजन )व्हाइट हिमालले पनि भब्य स्वागत गर्ने भएको जानकारी व्हाइट हिमालका सुर्य थापाले जानकारी गराउनु भएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments