अमेरिकी गि्रनकार्ड होल्डर भैसकेका श्रीकृष्ण भट्टराई नेपालमा न्यायाधीश बन्ने

npnews | 08:35 | 0 comments

अमेरिका पुगेर गि्रनकार्ड लिइसकेका श्रीकृष्ण भट्टराई नेपालको न्यायाधीश बनेपछि अमेरिकामा बस्नेहरु यसरि छक्क ....

२६ असार, काठमाडौं । एक मुष्टरुपमा न्यायाधीश बनेका सयभन्दा बढी ‘श्रीमान्’हरु यतिबेला कसरी अदालत चलाउने भनेर तालिम लिइरहेका छन् । सपथ ग्रहण गरेकै दिन दौरा सुरुवालमै केही न्यायाधीशहरु एमाले मुख्यालयमा झलनाथ खनालबाट प्रशिक्षण लिन गएको विवाद यतिबेला सामसुम भैसकेको छ । तर, यही मेसोमा अमेरिका पुगेर गि्रनकार्ड लिइसकेका व्यक्तिसमेत नेपालको न्यायाधीश बनेपछि अमेरिकामा बस्नेहरु छक्क परेका छन् । यता पुनरावेदन अदालतका एकजना पुराना र इमान्दार न्यायाधीशले भने असन्तुष्टि जनाउँदै राजीनामा दिने तयारी गरेका छन् ।

अमेरिकी गि्रनकार्ड होल्डर भैसकेर नेपालमा न्यायाधीश बन्ने सौभाग्य पाएका श्रीमान हुन् श्रीकृष्ण भट्टराई । सरकारी वकीलका तर्फबाट न्यायाधीश बन्ने सौभाग्य पाएका भट्टराई आधाजसो अमेरिकामा र आधाजसो नेपालमा बस्ने गर्नुहुन्थ्यो । पहिले नेपालमा पत्रकार रहेकी पत्नी अमेरिका गएर उतै बसेपछि भट्टराईको अमेरिकी यात्रा शुरु भएको हो । उहाँहरुको बसोबास भर्जिनियाको च्यान्टिली भन्ने ठाउँमा रहेको छ ।

नवनियुक्त न्यायाधीश भट्टराई अमेरिका गए पनि उहाँको सरकारी वकिलको जागिर भए यथावत नै थियो । उहाँ नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । अमेरिकामा हुँदा उहाँ कांग्रेस समर्थित जनसम्पर्क समितिमा सक्रिय हुनुहुन्थ्यो । सन् २०११ को वीपी जयन्तीमा अमेरिकामा आयोजित रक्तदान कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको थियो ।

ठाकुर श्रीमान् राजीनामा दिने पक्षमा

यसैवीच पुनरावेदन अदालत तुल्सीपुर दाङका अतिरिक्त न्यायाधीश मिहिरकुमार ठाकुरले न्यायाधीश नियुक्ति मापदण्ड असवैधानिक भएको भन्दै आफ्नो पदबाट राजीनामा दिने मानसिकता बनाउनुभएको बुझिएको छ ।
मेरो दृष्टिकोण के हो भने संवैधानिक व्यवस्थाको मर्म र भावना विपरित न्यायाधीश नियुक्तिको सिफारिश गर्ने निकाय न्याय परिषदले वहालवाला अतिरिक्त न्यायाधीशलाईसमेत स्थायी गर्ने प्रयोजनका लागि निजको योग्यता परीक्षण गर्ने उदेश्यले सेवाको शर्त परिवर्तन गर्ने गरी न्यायाधीश नियुक्ति ९प्रक्रिया ० मापदण्ड, २०६९ बनाएको संबिधानसम्मत नभएकोले उक्त मापदण्ड प्रक्रियामा९अन्तरवार्ता० सम्मिलित हुन मैले उचित ठानिँन ‘- न्यायाधीश ठाकुरको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो- ‘ त्यसै कारण लगभग ४ वर्षदेखि अतिरिक्त न्यायाधीश पदमा कार्यरत रही आए पनि मलाई स्थायी न्यायाधीश पदमा न्याय परिषदले नियुक्ति नगरेको हो र यस्तो अवस्थामा उच्च मनोवलका साथ कार्य गर्न असहज भएकोले मैले न्यायिक काम काज गर्न नसकी पदत्याग गर्ने मानसिकता बनाएको छु ।’
न्यायाधीश ठाकुरको पदावधि आगामी भदौ २१ गते सकिँदैछ । उहाँले न्यायधीश नियुक्ति प्रक्रियामा गम्भीर असहमति र गुनासो गर्दै आफ्ना निकटस्थहरुसँग भन्नुभएको छ-’न्याय परिषदको मिति ०६६ भदौ २१ को सिफारिशमा ३७ जना स्थायी र १० जना अतिरिक्त न्यायाधीश नियुक्त भए । म पुनरावेदन अदालत, जनकपुरको अतिरिक्त न्यायाधीश पदमा २ वर्षका लागि र पछि पूनस् २ वर्षका लागि अतिरिक्त न्यायाधीश पदमा नै पुनरावेदन अदालत, दाङ तुलसीपुरमा पदस्थापना भएको हो । न्यायाधीशको रूपमा मैले निष्पक्षता, स्वतन्त्रता र निर्भिकतापुर्वक उच्च नैतिक आचरणको सदा सर्वदा पूर्ण पालन गर्दै आफ्नो विवेकले भ्याएसम्म कानून वमोजिम न्याय प्रदान गर्न सकेकोमा म खुशी र सन्तुष्ट छु । विगतका लगभग ४ वर्ष मेरालागि संघर्ष र चुनौतिपूर्ण नै रह्यो तथापी न्यायाधीशको रुपमै सेवा गरि रहने आफ्नो ईच्छा थियो । तर न्याय परिषदको मिति जेठ २६ को निर्णय सिफारिशमा सवै सहकर्मी ९ जना अतिरिक्त न्यायाधीश सहित ४७ जना महानुभावहरू स्थायी न्यायाधीश हुने र ममात्र स्थायी नहुनुले स्तब्ध, अपहेलित र अपमानित भएको छु । ‘

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments